पृथ्वी राजमार्ग विस्तारअन्तर्गत “राइट अफ वे” मा परेका संरचना हटाइयो

  • नेपाल अहिले
  • अषाढ २५, २०८०
पृथ्वी राजमार्ग विस्तारअन्तर्गत “राइट अफ वे” मा परेका संरचना हटाइयो

पृथ्वी राजमार्ग विस्तार योजना अन्तर्गत पोखराको पृथ्वीचोक देखि विजयपुर पुलसम्म “राइट अफ वे” मा परेका संरचनालाई पोखरा महानगरले हटाएको छ ।

महानगरले सोमबार राजमार्गको दायाँबायाँ २३ मिटर मापदण्डभित्र रहेका संरचना डोजर लगाएरै हटाउन थालेको हो । एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिए पनि अटेरी गरेपछि महानगर आफै एक्सनमा उत्रिएको हो ।

त्यस अन्तर्गतको करिब ६ किलोमिटर दूरीमा ६० भन्दा बढी स्थायी-अस्थायी संरचना हटाउनु पर्ने महानगरले जनाएको छ । महानगरले आइतबार पनि सूचना जारी गर्दै त्यस क्षेत्रका संरचना हटाउने तथा सरसफाई गर्ने कामका लागि उपस्थित हुन नगरवासीलाई अनुरोध गरेको थियो ।

पृथ्वी राजमार्ग चार लेन विस्तार गर्ने योजना अन्तर्गत मुग्लिन देखि जामुनेसम्मको पूर्वी खण्डमा काम तुलनात्मक रुपमा धेरै भएको छ । पोखरा लगायत शहरी क्षेत्र रहेको पश्चिमी खण्डमा भने काम निकै सुस्त अघि बढेको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media