nepal ahile circle final NEW

नर्सिङ काउन्सिलको प्रश्नपत्र लिक गरेको आरोपमा तीन युवती पक्राउ

नर्सिङ काउन्सिलको प्रश्नपत्र लिक गरेको आरोपमा तीन युवती पक्राउ

नर्सिङ काउन्सिलको प्रश्नपत्र लिक गरेको आरोपमा तीन युवती पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङकी २३ वर्षीया सबिना आलेमगर तथा पोखराका २० वर्षीया भावना गुरुङ र समीक्षा थापा रहेका छन् । प्रहरीका अनुसार पोखराको अलब्राइट ईन्स्टिच्युटका उनीहरुले परीक्षाको प्रश्नपत्र ईन्स्टिच्युटको मेसेन्जर ग्रुपमा पठाएका थिए । उताबाट उत्तर आएपछि सोही उत्तर उनीहरुले सारेर परीक्षा दिएको प्रहरीले जनाएको छ ।

उनीहरुसँगै अल ब्राइट इन्स्टिच्यूटका गाडी चालक तनहुँ घर भएका ५० वर्षीय चिजकुमार श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । श्रेष्ठले उनीहरुलाई पोखराबाट लिएर आएको जनाइएको छ तर उनको चिट चोर्न भूमिका नदेखिएपछि बोलाएको बेलामा उपस्थित हुनेगरी रिहा गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त परीक्षामा करिब १२ सय विद्यार्थी सामेल रहेको जनाइएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्