पोखरा महानगरले माग्यो कक्षा ११ मा छात्रवृत्तिमा अध्ययनका लागि आवेदन

  • नेपाल अहिले
  • अषाढ २२, २०८०
पोखरा महानगरले माग्यो कक्षा ११ मा छात्रवृत्तिमा अध्ययनका लागि आवेदन

पोखरा महानगरको शिक्षा महाशाखाले शैक्षिक सत्र २०८० को लागि संस्थागत विद्यालयको कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने लक्षित वर्गका विद्यार्थीबाट आवेदन माग गरेको छ ।

महानगरको शिक्षा महाशाखाले आज एक सूचना जारी गर्दै संस्थागत विद्यालयको विभिन्न आरक्षित कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन माग गरेको हो । महानगरले यही असार २२ देखि २८ गतेसम्म पोखरा-१६ ड्यामसाइडस्थित शिक्षा महाशाखामा आवेदन दिन विद्यार्थीलाई अनुरोध गरेको छ ।

काठमाडौं महानगरले संस्थागत छात्रवृत्तिमा कडाई गरेसँगै पोखरा महानगरले यस विषयलाई अघि सारेको हो । काठमाडौं महानगरले छात्रवृत्तिका लागि विद्यार्थी छनोट परीक्षासमेत आफै सञ्चालन गर्ने बताइसकेको छ । पोखरा महानगरले भने विद्यार्थी छनोटको प्रक्रियाबारे भने केही खुलाएको छैन ।

© 2026 All Rights Reserved | Nepal Ahile Media