nepal ahile circle final NEW

सात नयाँ ब्रोकरले पाए नेप्से टिएमएसको संकेत नम्बर

सात नयाँ ब्रोकरले पाए नेप्से टिएमएसको संकेत नम्बर

नेपाल स्टक एक्सचेञ्जको ट्रेड म्यानेजमेन्ट सिस्टम सञ्चालनका लागि सात नयाँ ब्रोकरले संकेत नम्बर पाएका छन् ।

पहिलो चरणमा आशय प्रत्र पाएका नयाँ ब्रोकर कम्पनीलाई नेप्सेले बिहीबार ब्रोकर संकेत नम्बर र सदस्यता प्रमाणपत्र प्रदान गरेको हो । नयाँ ब्रोकरमध्ये भोले गणेश सेक्युरिटिजले ब्रोकर संकेत नम्बर ६१, क्यापिटल म्याक्स सेक्युरिटिजले ६२, हिमालय ब्रोकरेजले ६३ र सन सेन्युरिटिजले ब्रोकर संक्व्त नम्बर ६४ पाएका छन् ।

यसैगरी शेयर प्रो सेक्युरिटिजले ६५, मियो सेक्युरिटिजले ६६ र प्रोपर्टी विजार्ड लिमिटेड ६७ ब्रोकर संकेत नम्बरबाट कारोबार गर्ने भएका छन् । यस अघि ब्रोकर लाइसेन्स लिएका ५९ मध्ये धेरै जसो ब्रोकरले सक्रिय सेवा दिइरहेका छन् ।

ब्रोकर ६० का रुपमा नागरिक स्टक डिलरले कारोबार गर्नेछ भने थप १० ब्रोकर नेप्सेबाट सदस्यता लिने अन्तिम तयारीमा छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्