nepal ahile circle final NEW

स्याङ्जामा खाना पकाउने ग्याँस लिक हुँदा आगलागी, ३ जना घाइते

स्याङ्जामा खाना पकाउने ग्याँस लिक हुँदा आगलागी, ३ जना घाइते

स्याङजा, २१ असार । स्याङ्जाको हरीनास गाउँपालिका ६ हटियामा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी हुँदा जलेर तीन जना घाइते भएका छन् ।

गएराति स्थानीय ६० वर्षका नारायण मानन्धरको घरमा आगलागी हुँदा नारायण मानन्धरसहित परिवारका तीन जना घाइते भएका हुन् । थप घाइते हुनेमा ३४ वर्षीय खिम नारायण मानन्धर र २० वर्षीय विशाल मानन्धर रहेका छन् ।

घाइतेहरुको हाल पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख, एसपी संजय बहादुर राउतले जानकारी दिए ।

एसपी राउतका अनुसार आगलागीबाट उनीहरको शरीरका हात-खुट्टा र अनुहारमा १० देखि २० प्रतिशतसम्म जलेको छ । घाइतेहरुको अवस्था

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्