nepal ahile circle final NEW

पृथ्वी राजमार्गको म्याग्देमा पहिरो, यातायात आवागमन अवरुद्ध

पृथ्वी राजमार्गको म्याग्देमा पहिरो, यातायात आवागमन अवरुद्ध

पृथ्वी राजमार्गको म्याग्देमा पहिरो जाँदा यातायात आवागमन अवरुद्ध भएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत तनुहँको म्याग्दे गाउँपालिका-६ मौरीबजार र तुरतुरे बीचमा क्षेत्रमा बुधबार बेलुका सुख्खा पहिरो खसेको हो । सडकभन्दा एक सय मिटर माथिबाट पहिरो खस्दा यातायात आवागमन पूर्ण रुपमा अवरुद्ध भएको हो ।

साँझ ६ बजेदेखि अवरुद्ध भएको राजमार्ग खुलाउन सडक विस्तारको काम गरिरहेको चिनियाँ कम्पनी, गाउँपालिका, स्थानीयलगायतले प्रयास गरिरहेको जनाइएको छ । पहिरोले काठमाडौं, चितवनलगायत पूर्वतर्फ हिँडेका यात्रु तथा पोखरा आउँदै गरेका यात्रु रोकिएका छन् ।

पोखरातर्फ आउँदै गरेका साना तथा मझौला सवारी साधनहरु दमौली भोर्लेटारचोकबाट डाइभर्ट गरिएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्