विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने गोरखाका रेग्मी पक्राउ

  • नेपाल अहिले
  • अषाढ २०, २०८०
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने गोरखाका रेग्मी पक्राउ

|प्रतीकात्मक तस्बिर

मकाउ पठाइदिन्छु भन्ने आश्वासन दिई रकम ठगी गर्ने गोरखाका एक पुरुष पक्राउ परेका छन् ।

गोरखाको गण्डकी गाउँपालिका-८ स्थायी घर भई ललितपुरको गोदावरी-१४ बस्दै आएका ५१ वर्षीय दुर्गाबहादुर रेग्मीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले ठैबबाट पक्राउ गरेको हो । रेग्मीले जित बहादुर थामा मगर नाम गरेका पीडितलाई वैदेशिक रोजगारीमा मकाउ पठाइदिन्छु भनेर ६ लाख ६० हजार रकम उठाई बेपत्ता भएका थिए ।

रेग्मीलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media