
धादिङमा चोरीको मोटरसाइकलसहित दुई युवक पक्राउ परेका छन् ।
असार १७ गते राती ११:३० बजे धादिङबेसी एमालेचोकबाट मोटरसाइकल चोरी भएपछि धादिङबेसी प्रवेश गर्ने नाकाहरुमा नाकाबन्दी गरेर चेकजाँच गरे क्रममा हराएको मोटरसाइकलसहित निलकण्ठ-३ आँसीखोला दोभानबाट दुईजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धादिङकै निलकण्ठ-११ घर भएका २० वर्षीय सुरज बोगटी र नेत्रावती डबजोङ-२ बस्ने २० वर्षीय विशाल गुरुङ रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट बा ८१ प ५१०२ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको हो ।पक्राउ परेकाविरुद्ध चोरी मुद्दामा धादिङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
