ललितानिवास प्रकरणमा थप दुई जना पक्राउ

  • नेपाल अहिले
  • अषाढ १८, २०८०
ललितानिवास प्रकरणमा थप दुई जना पक्राउ

ललितानिवास प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो । उनीहरुले जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागज किर्ते गरेको आरोप लगाइएको छ ।

ललितानिवासको जग्गा हिनामिना गरेको आरोपमा हालसम्म आठ जना पक्राउ परिसकेका छन् ।

© 2026 All Rights Reserved | Nepal Ahile Media