nepal ahile circle final NEW

मुग्लिन-नारायणगढ सडकमा पहिरोले लाग्दा ट्रकचालक घाइते, यातायात आवागमन भने सुचारू

मुग्लिन-नारायणगढ सडकमा पहिरोले लाग्दा ट्रकचालक घाइते, यातायात आवागमन भने सुचारू

मुग्लिन-नारायणगढ सडकमा पहिरोले लाग्दा ट्रक चालक घाइते भएका छन् भने ट्रक पल्टिएको छ ।

पहिरोसँगै झरेको ढुङ्गाले लागेर नारायणगढबाट काठमाडौं जाँदै गरेका ना ६ ख ७१० नम्बरको ट्रकका चालक राम पुकार घाइते भएका हुन् । घाइते रामलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ  ।

घटनापछि सडकमै पल्टिएको ट्रकलाई क्रेनले तानेर हटाइएको छ भने पहिरो पनि पन्छाएर सवारी आवागमन सुचारु गरिएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोलानजिकै लगातार पहिरो जाँदा उक्त बाटो हुँदै यात्रा गर्नेहरुलाई निकै सकस पुगेको छ ।

लामो जामका साथै जथाभावी ढुङ्गा र पहिरो खस्दा यात्रुको ज्यानमै जोखिम बढेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्