
|प्रतीकात्मक तस्बिर
काठमाडौं उपत्यकामा ८० हजार रुपैयाँ बराबरको नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरको मकवानपुरगढी-१ घर भएका ४२ वर्षीय प्रशान्त भनिने पासाङ भोम्जनलाई प्रहरीले ललितपुर इमाडोल-४ बाट पक्राउ गरेको हो । उनको साथबाट ५ सय दरका १६० थान गरी जम्मा ८० हजार बराबरको नक्कली नोटहरू बरामद गरेको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
