nepal ahile circle final NEW

व्यास नगरपालिकाका ३५ वर्षीय इन्जिनियरको डेङ्गीबाट मृत्यु

व्यास नगरपालिकाका ३५ वर्षीय इन्जिनियरको डेङ्गीबाट मृत्यु

तनहुँको व्यास नगरपालिकामा इन्जिनियर पदमा कार्यारत एक युवकको डेङ्गी रोगबाट मृत्यु भएको छ ।

व्यास नगरपालिका-१० घर भएका यज्ञप्रसाद शर्मा र पद्मा शर्माका जेठा छोरा कमल प्रसाद शर्माको डेङ्गीबाट मृत्यु भएको हो । थप उपचारका लागि पोखरा लैजाँदै गर्दा शनिबार राति ९:३५ बजे बाटोमै शर्माको मृत्यु भएको थियो ।

मृतक शर्माको श्रीमती र छोरी रहेका छन् । उनको निधनमा व्यास नगरपालिकाले आज आधा दिन शोक बिदा दिएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्