nepal ahile circle final NEW

नारायणगढ-मुग्लिन सडक खण्डको पहिरो पन्छाइयो

नारायणगढ-मुग्लिन सडक खण्डको पहिरो पन्छाइयो

शनिबार बिहानै खसेको पहिरोले अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्डको पहिरो पन्छाइएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका अनुसार आज बिहान तुईन खाेलामा खसेको पहिराेले अवरुद्ध मुग्लिन नारायणगढ सडक खण्ड सडक डिभिजन भरतपुरको मेशिनले हटाई मात्र दुईतर्फी संचालनमा ल्याएकाे छ । सडक खुलेपनि माथिबाट ढुंगा झर्न नराेकिएकाेले सवारि साधन सावधानीका साथ चलाउन कार्यालयले अनुरोध गरेको छ ।

कार्यालयले पहिराे झरि सडक अबरुद्ध भईरहने हुनाले उक्त स्थानमा अपरेटर सहितको मेशिन तैनाथ राखेकाे छ भने बाटाेकाे अवस्था हेरि सुरक्षित यात्रा गर्न सबैलाई अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्