nepal ahile circle final NEW

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड पुन: अवरुद्ध

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड पुन: अवरुद्ध

शनिबार बिहान पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड पुन: अवरुद्ध भएको छ । बिहीबार मध्यान्ह झरेको पहिरो हटाएर हिजो साँझदेखि खुलाइएको बाटो १२ घन्टा नपुग्दै अवरुद्ध भएको हो ।

बिहीबार पहिरो झरेको इच्छाकामना गाउँपालिका-५ तीन किलोमै आज बिहान पनि पहिरो झरेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । पहिरो पन्छाउने तयारी भएपनि वर्षाले अवरोध गरिरहेको जनाइएको छ ।

पहिरोका कारण उक्त सडक खण्ड भएर यात्रा गर्नेहरु अलपत्र परेका छन् । हिजो सडक सञ्चालनमा ल्याइएपनि माथि भीरबाट ढुङ्गाहरु भने खसिरहेका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्