
फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेनका प्रशिक्षक क्रिस्टोफ गाल्टिएर पक्राउ परेका छन् ।
उनी र उनका छोरालाई फ्रान्सकै अर्कै क्लब निसको प्रशिक्षक हुँदाका ताका भेदभावयुक्त व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनले अफ्रिकी र मुस्लिम खेलाडीलाई अपमानजनक भाषा प्रयोग गरेको आरोप लागेको छ ।
गाल्टिएरको पक्राउ बारे पिएसजीले भने कुनै प्रतिक्रिया दिएको छैन तर क्लब स्रोतहरुले बार्सिलोनाका पूर्व प्रशिक्षक लुइ इनरिकलाई नयाँ प्रशिक्षक रुपमा भित्र्याउने तयारी भइरहेको जनाएको छन् ।
