बाग्लुङमा जीप दुर्घटना हुँदा युवकको मृत्यु

  • नेपाल अहिले
  • अषाढ १०, २०८०
बाग्लुङमा जीप दुर्घटना हुँदा युवकको मृत्यु

|प्रतिनिधिमुलक तस्बिर

बाग्लुङमा जीप दुर्घटना हुँदा १८ वर्षीय युवकको मृत्यु भएको छ ।

बाग्लुङको काठेखोला गाउँपालिका-३ धम्जास्थित रामचालुमा शनिबार साँझ जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने थप २ जना घाइते भएका छन् । बाग्लुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध १ ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका विजय विकको मृत्यु भएको हो ।

घाइतेलाई उपचारका लागि बाग्लुङ लगिएको जनाइएको छ । जीप सडकदेखि करिब ५० मिटर तल खसेको स्थानीयले जनाएका छन् ।

© 2026 All Rights Reserved | Nepal Ahile Media