हेवाखोलामा बेलिब्रिज राखेर यातायात सुचारु गरिने

  • नेपाल अहिले
  • अषाढ ३, २०८०
हेवाखोलामा बेलिब्रिज राखेर यातायात सुचारु गरिने

मेची राजमार्गको हेवाखोलामा बेलिब्रिज राखेर यातायात सुचारु गरिने भएको छ ।

पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने मोटरबेल पुल हिजोको रातिको अविरल वर्षापछि हेवाखोलामा आएको बाढीले बगाएको थियो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा सडक विभागको इटहरीस्थित कार्यालयबाट बेलिब्रिज पठाउन लागिएको हो ।

पुलकोबीचको पुरै हिस्सा बगाएपछि मेची राजमार्गमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media