पहिरोले कान्ति लोकपथ अवरुद्ध, यातायात आवागमन प्रभावित

  • नेपाल अहिले
  • जेष्ठ ३२, २०८०
पहिरोले कान्ति लोकपथ अवरुद्ध, यातायात आवागमन प्रभावित

ललितपुरको भट्टेडाँडा र मकवानपुरको सिस्नेरीमा पहिरो जाँदा कान्ति लोकपथ अवरुद्ध बनेको छ ।

बिहीबार बिहान गएको पहिरोले सडक अवरुद्ध हुँदा यातायात आवागमन प्रभावित बनेको छ । भट्टेडाँडाको पहिरो पन्छएपनि सिस्नेरीको पहिरो पन्छाउन प्रयास भइरहेको जनाइएको छ । पहिरोमा माथिबाट खसेको ढुङ्गाले एउटा जीपलाई समेत क्षतिग्रस्त बनाएको छ । सिस्नेरीमा बिहान ५ बजे पहिरो गएको स्थानीयवासीले जनाएका छन् ।

यसैगरी गएराति परेको अविरल बर्षा का कारण कुलेखानी सिस्नेरी छैमले सडक अन्तर्गत विभिन्न स्थानमा झरेको पहिरो र बगाएर लेराएको ग्राभेल भलले बाटो अवरुद्ध बनेको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media