युवायुवती होटलमा झुन्डिएको अवस्थामा मृत फेला

  • नेपाल अहिले
  • जेष्ठ २९, २०८०
युवायुवती होटलमा झुन्डिएको अवस्थामा मृत फेला

|प्रतिनिधिमूलक तस्बिर

काठमाडौंको गोङ्गबुस्थित होटल ग्रीन नेपालमा एक युवक र एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा तनहुँकी मुस्कान बोइक र गोरखाका दिनेश सार्की रहेका छन् । २६ वर्षीया मुस्कानको घर तनहुँ व्यास नगरपालिका-१० दमौली र २१ वर्षीय दिनेशको घर गोरखा शहीद लखन गाउँपालिका-१ रहेको जनाइएको छ ।

उनीहरु छुट्टाछुट्टै स्थानमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । दुवैको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।गोरखाका

© 2026 All Rights Reserved | Nepal Ahile Media