हेटौंडामा वृद्ध दम्पती झुण्डिएको अवस्थामा मृत फेला

  • नेपाल अहिले
  • जेष्ठ २७, २०८०
हेटौंडामा वृद्ध दम्पती झुण्डिएको अवस्थामा मृत फेला

|प्रतिनिधिमूलक तस्बिर

मकवानपुरमा एक दम्पती अवस्थामा मृत फेला परेका छन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चाइना क्वाटरमा ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरु तीन तले पक्की घरको माथि ट्रसले छाएको पूजा कोठामा फलामको ट्रसमा गम्छाको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका थिए ।

छोरा बुहारीसँग बस्दै आएका दाहाल दम्पतीले किज आत्महत्या गरे खुलेको छैन । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media