एक साता ढिलो गरि भारतको केरला आइपुग्यो मनसुन

  • नेपाल अहिले
  • जेष्ठ २६, २०८०
एक साता ढिलो गरि भारतको केरला आइपुग्यो मनसुन

भारतीय मौसम विभागका अनुसार करिब एक साता ढिलो गरि मनसुन भारतको केरला आइपुगेको छ ।

विभागका अनुसार दक्षिण पश्चिमबाट आएको मनसुन हाल अरेबियन सागरको दक्षिणी भाग, लक्ष्यदीप क्षेत्र, केरलाको लगभग सबै भाग, तमिललाडुको दक्षिणी भूभाग, कोमोरिन क्षेत्र, मन्नारको खाडी तथा बे अफ बङ्गालको दक्षिण पश्चिमी, मध्य र उत्तरपुर्वी भूभागमा फैलिसकेको छ । नेपालमा मनसुन बे अफ बङ्गाल हुँदै पूर्वबाट प्रवेश गर्ने गर्दछ ।

सामान्य वर्षा भन्दा पृथक रहन मनसुनी वर्षामा केही खास विशेषता हुनेगर्दछ । मनसुनी वर्षा निश्चित गर्न व्यापक क्षेत्रमा फैलने, निरन्तर वर्षा गराउने, हावाको बहावको निश्चित वेग पुर्याएको हुनुपर्ने र लगातार वर्षा गराउन बादलको उपस्थिती हुनेपर्ने जस्ता मापदण्ड पूरा भएको हुनुपर्नेछ । ८ जुनदेखि यी सबै मापदण्ड पूरा गर्दै मनसुन केरला प्रवेश गरेको विभागको भनाई छ । पछिल्लो २४ घण्टामा केरलाका धेरैजसो भूभागमा वर्षा भएको छ ।

नेपालमा भने अबको एक साता भित्र मनसुन प्रवेश गरेर देशैभर फैलन अर्को ४-५ दिन लाग्ने मौसमविद्हरुको भनाई छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media