nepal ahile circle final NEW

भक्तपुरबाट जाँदै गरेको स्कारपियो नदीमा खस्यो, ३ जना बेपत्ता

भक्तपुरबाट जाँदै गरेको स्कारपियो नदीमा खस्यो, ३ जना बेपत्ता

काठमाण्डौ, १९ जेठ । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सरकारी स्कारपियो गाडी सुनकोसी नदीमा खसेको छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट बा १ झ ७४६७ नम्बरको प्राविधि शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी)को स्कारपियो गाडी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।

चार जना सवार रहेको सिटिइभिटीको गाडीका चालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएको र अन्य ३ जना कर्मचारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए ।

बेपत्ता हुनेमा सिटिइभिटीका निर्देशक ५७ बर्षिय कृष्णबहादुर केसी, योजना महाशाखा प्रमुख ५६ बर्षिय यमप्रसाद भुर्तेल, र विद्युत प्रशिक्षक ३२ बर्षिय भानु पौडेल रहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्