nepal ahile circle final NEW

मापदण्ड अनुसार काम नगर्ने ६८ अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने मेयर शाहको चेतावनी

मापदण्ड अनुसार काम नगर्ने ६८ अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने मेयर शाहको चेतावनी

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विपन्न एवं लक्षित वर्गलाई दिनुपर्ने  निःशुल्क उपचार लगायतका मापदण्ड अनुसार स्वास्थ्य सेवा उपलब्ध नगराउने ६८ संस्था कानुनी दायरामा नआए बन्द गराउने चेतावनी दिएका छन् ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरूलाई दिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरू उपलब्ध नगराउने त्यस्ता अस्पताल तथा स्वास्थ्य संस्था बन्द गर्ने चेतावनी मेयर शाहले दिएका हुन् ।

विद्यमान स्वास्थ्य सुविधा लागु सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाको विवरण स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर बुझाउँदै मेयर शाहले ७ दिन भित्र उनीहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।

उक्त समय सीमा भित्रमा कानुनी दायरामा नल्याए अस्पताल प्रशासन बन्द गर्न महानगर बाध्य हुने जानकारी मेयर शाहले गराएका छन् ।

नियमअनुसार स्वास्थ्य सुविधाहरू उपलब्ध गराउने सम्बन्धमा काठमाडौँ महानगरपालिकाले जेठ ६ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्