nepal ahile circle final NEW

पोखराको फेवातालमा डुबेर एकको मृत्यु

पोखराको फेवातालमा डुबेर एकको मृत्यु

पोखरा १३, जेठ । पोखरामा फेवातालमा डुबेर एक जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार कास्कीको घान्द्रुक घर भई पोखरा -१४ चाउथे बस्ने ६३ वर्षीय मीन गुरुङको तालमा डुबेर मृत्यु भएको हो ।

गुरुङ शनिबार दिउसो खपौदी स्थित फेवातालमा माछा मार्ने क्रममा अन्दाजी चार बजे डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता भएका गुरुङको खोजतलास गर्ने क्रममा साँझ सवा ७ बजे मृत अवस्थामा फेला परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

मृतक गुरुङको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्