nepal ahile circle final NEW

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, अब भारत र पाकिस्तानसँग खेल्ने

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, अब भारत र पाकिस्तानसँग खेल्ने

काठमाडौं, १९ वैशाख । एसीसी प्रिमियर कपको नेपाल च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा यूएईलाई सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

यूएईले दिएको ११८ रनको लक्ष्य लक्ष्य नेपालले ३ विकेट गुमाएर ३०.३ ओभरमै भेट्याएको हो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ६७ रन जोड्दा भीम सार्कीले ३६ रन जोडेका थिए ।

कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी पेभेलियन फर्किएका थिए ।

यो जितसँगै अब नेपालले भारत र पाकिस्तानसँग एसियन कप खेल्ने भएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्