nepal ahile circle final NEW

समीक्षाको ‘डाँडै पिपल’ मा सुधिर र आरुषीको रोमान्स

समीक्षाको ‘डाँडै पिपल’ मा सुधिर र आरुषीको रोमान्स

काठमाडौं, ४ चैत। गायिका समीक्षा अधिकारी र गायक झलक पुनको ‘डाँडै पिपल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएकाे छ । गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको डाँडै पिपलमा एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन् ।

मौसम हिमालीको निर्देशन रहेको भिडियोमा मोडलद्वय सुधिर श्रेष्ठ र आरुषी मगरको अभिनय छ । लोकशैलीको रोमान्टिक गीतमा एक जोडीको सफल प्रेम कहानीलाई देखाइएको छ । जसमा सुधिर र आरुषी गज्जबसँग खुलेका छन् ।

म्याग्दीको बरंजामा जन्मे हुर्केका गायक झलकले चौबन्दी चोली बोलको गीतबाट गायन यात्रा सुरु गरेका हुन् । अध्ययनको शिलशिलामा काठमाडौँ आएर अध्ययनसँगसँगै गीत संगीतमा पनि लागेका झलक हाल अष्ट्रेलियामा छन् ।

उनका मगरको छोरो सालैजो भाका, झरी परेको त्यो दिन पप, लगायत अन्य गीतका भिडियोहरु बजारमा आइसकेका छन् । सार्वजनिक डाँडै पिपलमा नवराज उप्रेती छायांकन, नबिन घर्तीमगरको सम्पादन रहेको सार्वजनिक गीतको भिडियो झलक पुन युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्