nepal ahile circle final NEW

श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

गाँजा मुद्धाका फरार लावती झापा कारागार चलान

जुम्ला, २८ फागुन । जुम्लामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।

तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर बुढामगरका अनुसार आइतेलाई पक्राउ गरिएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मृतक ममताको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

कुटपिटबाट बेहोस भएकी ममताको समयमै उपचार नगराउँदा मृत्यु भएको खुलेको छ । घट्नाबारे प्रहरीले शनिबार मात्र जानकारी पाएको थियो । “घट्ना कहिलेको हो खुल्न बाँकी छ”, बुढा मगरले भने ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्