nepal ahile circle final NEW

आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु

बेरोजगार भएका कारण एक युवकले गरे आत्मदाह प्रयास

उदयपुर, २७ फागुन । उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।

शुक्रबार साँझ भएको आगलागीमा परी रौतामाई गाउँपालिका–८ पाँबुका रामबहादुर मगरको छ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजन मगरको मृत्यु भएको हो ।

रामबहादुरको माटो र ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा दुई छोराछोरीको मृत्यु भएको स्थानीय टेकराज रिखाम मगरले जानकारी दिए । “हामी दुवै जना सडक निर्माणका लागि गएका थियौँ, घरमा अभिभावक कोही नभएको बेला आगलागी भएको हो”, मृतकका बुबा रामबहादुर मगरले भने ।

स्थानीय शिक्षक गौरवबहादुर मगरका अनुसार घटना भएलगत्तै दुवै जनाको बेहोस भएका थिए । उनीहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालयको टोली र इलाका प्रहरी कार्यालय भुट्टारको टोली घटनास्थल पुगेर घटनाका विषयमा अनुसन्धान गरिरहेको छ । घटनामा मानवीय क्षतिसँगै घरमा भएका सबै सामग्री जलेर नष्ट भएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्