nepal ahile circle final NEW

कक्षाकोठा देखाउन स्कुलले डाक्यो अभिभावक

कक्षाकोठा देखाउन स्कुलले डाक्यो अभिभावक

भक्तपुर, २५ फागुन । भक्तपुरको एउटा स्कुलले अभिभावकहरुलाई बोलाएर कक्षाकोठा देखाएको छ ।

भक्तपुर नगरपालिका २ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलले ओपन डे २०७९ नामक कार्यक्रममार्फत् आफ्ना विद्यालयका विद्यार्थीका अभिभावकहरुलाई बोलाएर उनीहरुका सन्तानले पढ्ने कक्षाकोठा देखाएका हुन् ।

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले ससाना नानीबाबुहरुले खेलेर सिक्ने भएकोले कक्षाकोठामा उनीहरुका लागि उपयुक्त खेलकुद सामाग्रीहरु राखेको जनाए । यही खेलकुदका सामाग्रीहरु कक्षाकोठाहरुमा देखाउन अभिभावकहरुलाई बोलाएको बताए । प्लेग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई खेलमार्फत् सिकाउने गरेको उनले सुनाए ।
यसका लागि कक्षाकोठामै खेलमार्फत् हाजिर राख्ने तरिकादेखि अन्य अनेक तरिकाबाट सिकाउने विधि राखिएको देखिएको छ । त्यहाँं टिभीदेखि अनेक बहुमूल्य सामानहरु पनि छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्