nepal ahile circle final NEW

दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन म्याद थप

खुल्यो सुपर मादी हाइड्रोपावरको आईपीओ

काठमाडौं, २५ फागुन । दोल्ती पावर कम्पनीको आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

दोल्ती पावरले फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आईपीओ निष्कासन गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज फागुन २५ गते बिहीबारसम्म आवेदन दिन सक्नेछन् । यस आईपिओमा मागभन्दा बढी आवेदन परेमा समयअघिनै निष्कासन तथा बिक्री बन्द गर्ने कम्पनीले जनाएको छ ।

उक्त आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ लाख ३६ हजार कित्ता साधारण सेयर स्थानीयलाई बिक्री खुला गरेको हो ।

सोमध्ये आयोजना अति प्रभावित क्षेत्र दैलेख जिल्लाको नोमुले र कालिका गाविसमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता छुट्याएको छ ।

साथै, कम्पनीले सर्वसाधारणहरुका लागि निष्कासन हुने कित्ताको १० प्रतिशत अर्थात १ लाख ७ हजार २९८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेको हो ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ । यसमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

यसमा बिक्री प्रबन्धकको एनआइसी एसिया क्यापिटलले गरेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्