nepal ahile circle final NEW

महिला हिंसा गर्नेमाथि मृत्युदण्डको माग

महिला हिंसा गर्नेमाथि मृत्युदण्डको माग

भक्तपुर, २४ फागुन । महिलामाथि जघन्य अपराध गर्नेहरुमाथि मृत्युदण्डसम्मको कानुनी कारबाहीको व्यवस्था हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप मावि, ख्व्वप कलेज शारदा क्याम्पस र ख्वप स्कुल अफ लले मंगलबार गरेको प्रबचन कार्यक्रममा हाकाहाकी मानिस मारेको हो भनेर स्वीकार गर्नै व्यक्तिलाई संविधान संशोधन गरी मृत्युदण्डसम्मको सजायँंको वन्दोवस्त हुनुपर्नेमा जोड दिइयो ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले यसका साथै जघन्य अपराधीहरुलाई पनि मृत्युदण्ड दिनुपर्ने खाँंचो औल्याए । त्यही कारण आफनो पार्टीले घोषणापत्रमै यो माग राखेको उनले बताए ।

महिलामाथिको अन्याय आफूहरुको लागि सह्य नभएको भन्दै उनले नेपालमा भएका धेरै पार्टीहरुमध्ये आफनो एउटै पार्टीले मात्रै महिला हिंसा गर्ने र बहुविवाह गर्नेलाई कारबाहीको व्यवस्था पार्टी विधानमा उल्लेख भएको दावी गरे । हाम्रो पार्टी विधानमा मात्रै महिलामाथि अन्याय गर्ने अनि बहुविवाह गर्ने पुरुषलाई पार्टीको सदस्यता खारेज गर्ने गरी कारबाहीको व्यवस्था भएको छ, अन्य कुनै पार्टीको विधानमा त्यस्तो छैन, उनले दावी गरे ।

उनले जनयुद्धका बेला पाँंच हजार मानिसको मृत्युको जिम्मा लिने पुष्पकमल दाहाल प्रचण्डलाई कानुन अनुसार जेल हाल्नुपर्ने पनि बताए । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका क्रममा मारिएका १३ हजार नागरिकमध्ये पाँंच हजारको जिम्मा आफूले लिने २०७६ सालमा राजधानीमा भएको एउटा सार्वजनिक कार्यक्रममा स्वीकारेका थिए । त्यही अनुसार उनीमाथि कारबाही चलाउनुपर्ने धारणा उनको थियो ।

जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिइएकोमा आपति जनाउँंदै उनले भने, जनयुद्ध दिवसमा सार्वजनिक विदा किन? के उपलव्धी भएर सार्वजनिक विदा दिएको हो ?

उनले जनयुद्धका कारण गणतन्त्र प्राप्त भएको भनेर धेरैले जवाफ दिने गरेको भन्दै अहिलेको गणतन्त्र पुँजीवादी गणतन्त्र भएको र यसले आम नागरिकलाई कुनै महत्व नराख्ने बताए । उनले समाजवादी गणतन्त्र आवश्यक भएको खाँंचो औल्याए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्