nepal ahile circle final NEW

टाउकोमा चोट लागेको अवस्थामा बुटवलमा पुरुषको शव फेला

बाग्लुङका चोखालको जापानमा सुतेकै अवस्थामा मृत्यु

बुटवल, २४ फागुन । रुपन्देहीको सैनामैनामा एक पुरुषको शव फेला परेको छ । टाउकोमा चोट लागेको अवस्थामा पुरुषको शव फेला परेको हो ।

सैनामैना नगरपालिका-२ स्थित वावरी पार्टी प्यालेसको नजिकै रहेको प्लटिङ्गमा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक पुरुषसँग हिजो सँगै रहेका ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए । घटनाको अनुसन्धानका लागि अहिले तालिम प्राप्त कुकुरलाई घटनास्थलमा लगिएको प्रहरीले जनाएको छ । शरीरमा चोट रहेकोले हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्