nepal ahile circle final NEW

कलेज बनाउन भारतसँग पैसा माग्ने पालिका अध्यक्ष अख्तियारको छानबिनमा

कलेज बनाउन भारतसँग पैसा माग्ने पालिका अध्यक्ष अख्तियारको छानबिनमा

काठमाडौं, २४ फागुन । नेपाल सरकारले विदेशीलाई हिँडडुलसमेत निषेध गरेको क्षेत्र नजिक ‘मुस्ताङ बौद्ध कलेज’ खोल्न भन्दै भारत सरकारसँग पैसा माग्ने गाउँपालिका अध्यक्षमाथि अख्तियारको छानबिन गर्ने भएको छ। ‘साक्या बौद्ध संघ’ नामको एनजीओको पत्रलाई हेरेर भारतीय दूतावाससँग आर्थिक सहयोगको सिफारिस गरेकोभन्दै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिङ तामाङमाथि छानबिन अघि बढ्ने भएको हो।

यस विषयमा सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने तयारी गरिरहँदा अख्तियारले पनि छानबिन अघि बढाउन लागेको हो।

गाउँपालिका अध्यक्ष तामाङले वैदेशिक सहायता नीति विपरीतका गतिविधि गरेका हुनाले कारबाही प्रक्रिया अघि बढाउनुपर्ने देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

स्थानीय तहले वैदेशिक सहयोग माग्नुअघि अनिवार्य रूपमा संघीय सरकारको अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ। तर, तामाङले कसैसँग समन्वय नगरीकनै ‘साक्या बौद्ध संघ’को सिफारिसकै आधारमा काठमाडौंस्थित भारतीय दूतावासमा सहयोगको सिफारिस दिएका थिए।

पालिका अध्यक्ष तामाङले भने ‘साक्या बौद्ध संघ’को सिफारिसको आधारमा आफूले पनि भारतीय दूतावासमा आर्थिक सहयोग माग गर्दै सिफारिस पठाएको बताए। गाउँपालिका अध्यक्ष तामाङले दूतावासलाई पत्र लेख्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत जानकारी गराएनन्।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्