nepal ahile circle final NEW

होली खेल्ने क्रममा ‘ग्याङ फाइट’ हुँदा १५ जना घाइते

होली खेल्ने क्रममा ‘ग्याङ फाइट’ हुँदा १५ जना घाइते

जनकपुरधाम, २४ फागुन । सप्तरीमा होलीको क्रममा विभिन्न स्थानमा ‘ग्याङ फाइट’ हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।

मंगलबार होली खेल्ने क्रममा झैझगडा तथा कुटपिट हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

मंगलबार साँझ सप्तरीको राजगढ गाउँपालिका-६ फकिरास्थितमा खंग टोलका युवाहरू बाटोमा बसी होली खेली रहेको र सोही समयमा यादव टोलका युवाहरू शान्ती चौकबाट यादव टोलमा आउने क्रममा बाटो अवरोध भएको विषयमा दुवै पक्षबीच वादविवाद भइ झै-झग्डा हुँदा दुवै पक्षका १५ जना घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

यस्तै, राती करिब साढे ९ बजे रुपनी गाउँपालिका १ रुपनी टोलमा स्थानीय २८ वर्षीय मो.समिम र २१ वर्षीय छोटे यादवबीच वादविवाद हुँदा छोटे यादबले बियरको बोतलले मो।समिमलाई हान्दा टाउको, दाहिने हातमा चोट लागि घाइते भएका छन्। कुटपिट गर्ने छोटे यादव फरार रहेकोले उनको खोजी भइरहेको प्रहरीले जनाएका छन्।

यस्तै, आफ्नो सालीसँग होली खेल्न जाँदा गाउँका युवाहरूसँग झडप हुँदा ग्याङ फाइट भएको छ। महादेवा गाउँपालिका ४ मनियार परसाही टोलमा सोही पालिकाको-१ चिम्टी बस्ने २५ वर्षीय योगेन्द्र सरदारले आफ्नो ससुरालिमा गएर सालीलाई घर बाहिर रङ लगाउँदा गाउँको युवाहरूले कुटपिट गरेका थिए।

दुई पक्षबीच भएको झैझगडामा घाइते भएकाहरूको स्थानीय मेडिकलमा उपचार भएको तथा कुटपिटमा संलग्न २ जनालाई पक्राउ गरिएको प्रवक्ता सिंहले बताए।

फरार रहेका अन्यहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्