nepal ahile circle final NEW

‘छक्का पन्जा ४’ को गीत ‘सिरूपाते जुंगामा’ सार्वजनिक (भिडिओ)

‘छक्का पन्जा ४’ को गीत ‘सिरूपाते जुंगामा’ सार्वजनिक (भिडिओ)

काठमाडौं, २३ फागुन । गत शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्म ‘छक्का पन्जा ४’ को दोस्रो गीत सार्वजनिक भएको छ। मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ‘सिरूपाते जुंगामा’ बोलको गीत सार्वजनिक गरिएको हो।

बाबुल गिरीको स्वर रहेको गीतमा शंकर अधिकारीको शब्द रहेको छ भने संगीत, संगीत संयोजन तथा मिसिङ बाबुलकै छ। गीतको भिडिओमा दीपकराज गिरी र बेनिशा हमाललाई देख्न सकिन्छ।

हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपक र बेनिशासँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, बेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्