nepal ahile circle final NEW

मुलुकलाइ द्वन्द्वतर्फ धकेल्न केही तत्त्व लागीपरेका छन् : उपमाहासचिव पोखरेल

मुलुकलाइ द्वन्द्वतर्फ धकेल्न केही तत्त्व लागीपरेका छन् : उपमाहासचिव पोखरेल

महोत्तरी, २१ फागुन । माओवादी केन्द्रका उपमाहासचिव तथा पूर्वमन्त्री गिरिराजमणी पोखरेलले मुलुकलाइ द्वन्द्वतर्फ धेकेल्न केही सक्ति लागिपरेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध भएको फैसलालाइ संकेत गर्दै उपमाहासचिव पोखरेलले टिम बनाएर केही तत्त्व समस्या बल्झाउनेतर्फ लागेको आरोप लगाए ।

आज महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसगँ कुरा गर्दै उनले संक्रमणकालिन न्यायका काममा ढिला भएको स्विकार गर्दै तीव्रतापूर्वक यी कामलाई टुंगो पुर्‍याउनुपर्ने तर्क गरे ।

‘द्वन्द्वको दुवै पक्षमा परेका समस्यालाई शान्ति प्रक्रियाका राजनीतिक शक्ति मिलेर हल खोज्नुपर्छ,’ उनले भने ।

कांग्रेससहितको ८ दलीय गठबन्धनमा कुनै शंका नगर्न पनि उपमाहासचिव पोखरेलले आग्रह गरेका छन् ।  राष्ट्रपति निर्वाचनपछि राजनीतिक समिकरण परिवर्तन हुन्छ भन्ने संचारकर्मीको प्रश्नमा उनले भने, ‘नेपाली कांग्रेस ठूलो गल्ति गरेर ब्युझिएको छ, फेरि एमालेको उक्साहटमा लाग्दैन र पुराना गल्ति दोर्‍याउँदैन ।’

८ दलीय गठबन्धनमा अझैँ  राप्रपा, राष्ट्रिय  स्वतन्त्र पार्टी थपिनेमा पनि उपमाहासचिव पोखरेलले विश्वास व्यक्त गरेका छन् ।

 शक्तिपृथकिकरणको कोणबाट प्रधानमन्त्री माओवादीसँग, सभामुख एमालेसँग, राष्ट्रपति नेपाली कांग्रेससगँ पुग्दा प्रकान्तरले देशलाई  फाइँदा नै पुग्ने जिकिर गर्दै उपमाहासचिव पोखरेलले  शक्ति  दुरुपयोग गर्ने प्रवृत्तिलाई यस्ले चेक एण्ड व्यालेन्समा राख्ने दाबीसमेत गरे ।

जन्ताले खोजे जस्तो नहुँदा मूलधारका पार्टीको बहुमत  नआएको दाबी गर्दै  सरकारले  प्रणाली निर्माणलाई  चुस्तदुरुस्त र अर्थतन्त्रमा देखिएका जटिल समस्यालाई हल गर्ने बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्