nepal ahile circle final NEW

माओवादीलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिन्छ : विप्लव

अर्थतन्त्र धरासयी भएकोमा बिप्लव नेतृत्वको नेकपा चिन्तित (बिज्ञप्तिको पुर्ण पाठ)

काठमाडौँ, २१ फागुन । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिने चेतावनी दिएका छन् ।

जनयुद्धका सहिद तथा बेपत्ता सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै चन्दले यदि माओवादीलाई अपराधी बनाए इतिहास दोहोर्‍याउने बताए ।

अहिलेको लोकतन्त्रले माओवादीलाई अपराधी बनाउने अधिकार नभएको चन्दले जिकिर गरे । ‘अहिले माओवादीलाई अपराधी बनाउन खोजिँदै छ । बेपत्तालाई अपराधी बनाउन खोजिँदै छ । असम्भव छ । यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार छैन ।

यो लोकतन्त्रमा बनाउन खोजिँदै छ’ चन्दले भने, ‘माओवादीलाई अपराधीकरण बनाउन खोजियो भने इतिहास दोहोरिन्छ । इतिहास दोहोर्‍याउन सकिन्छ । यो कुरा सबैले हेक्का राख्नुपर्छ ।’ माओवादी अपराधी भनेरै भास्य निर्माण गर्न खोजिएको भन्दै चन्दले आक्रोश पोखे ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्