nepal ahile circle final NEW

माओवादी जनयुद्धले गणतन्त्र ल्याएको होइन : अध्यक्ष ओली

माओवादी जनयुद्धले गणतन्त्र ल्याएको होइन : अध्यक्ष ओली

काठमाडौं, २१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धले नेपालमा गणतन्त्र स्थापना नभएको दाबी गरेका छन् ।

२०६३ सालको शुरुमै माओवादी हिंसाको अन्त्य भए पनि २०६५ सालमा मात्र गणतन्त्र स्थापना भएको उनले बताए ।

सुखानी घटनाको ५० औं स्मृति दिवसमा आइतबार एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राजनीतिक स्वार्थका लागि भएको आन्दोलनमा १७ हजारको मृत्यु भएको बताएका हुन् ।‘२०५२ सालपछि राजनीतिक स्वार्थका लागि १७ हजार मारिए ।

ुनेपालमा भएको के प्राप्तिका लागि मारिए, बहुदलीय व्यवस्था छँदै थियो । अहिले गणतन्त्रका लागि भएको भनिन्छ । २०६३ सालको शुरुमै हिंसा समाप्त भयो, त्यसै वर्ष शान्ति सम्झौता भयो । २०६५ जेठमा गणतन्त्र स्थापना भयो, जनयुद्धले राजतन्त्र हटाएन होला’, ओलीले भने ।

ओलीले माओवादी आन्दोलनका क्रममा मारिएका १७ हजारको औचित्य पुष्टि हुन नसक्ने बताए । ‘संविधानसभाका लागि १७ हजार मर्नुपर्छ र रु’ उनले प्रश्न गरे ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्