nepal ahile circle final NEW

बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर निहुँ खोजियो : बाबुराम भट्टराई

बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर निहुँ खोजियो : बाबुराम भट्टराई

काठमाडौं, २१ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर निहुँ खोजिएको बताएका छन् । जनयुद्धका सहिद तथा बेपत्ता सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाएर जिस्क्याउन खोजेको बताए ।

‘बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो रु यो निहुँ खोज्या होइन रु तीन वर्ष अघि सामान्य भनेको अभिव्यक्तिलाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भन्न मिल्छ ?’ भट्टराईले भने, ‘यो निहुँ खोज्या हो जिस्केको होइन रु यस्ता कुरामा सबै माओवादी घटकहरू सहकार्य गर्न सक्छौ।’

अब माओवादी नाममा धेरै मोह नगरेर सबै पूर्व माओवादीहरू एक हुनुपर्ने भट्टराईले बताए । ‘मैले अठोट गरेको छु । अब नयाँ पुस्ता आउनुपर्छ । अरूले चुनाव नलड् भनेर होइन । मलाई अझै पनि जनताले जिताउने थिए । म ६९ वर्ष भइसके अब नयाँ साथीहरू आउनुपर्छ भनेर छोडेको हुँ’ भट्टराईले भने, ‘पार्टीलाई जनवादीकरण गर्नुपर्छ । नयाँ आधारमा एकता गर्न सकिन्छ । अब माओवादी भनेर पार्टी बनाइ राख्न जरुरी छैन ।’ अब फेरि सबै माओवादी एक भएर जानुको विकल्प नरहेको उनले बताए ।

‘मैले मन बनाइसकेको छु । पार्टी एकता गर्न गला मिलाउनुभन्दा अघि बहस गरौँ । मिल्न सक्नेहरू एउटै पार्टी बनाएर जाऊँ । एकता हुन नसक्नेहरू मोर्चा गरेर जाऊँ’ भट्टराईले भने ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्