nepal ahile circle final NEW

आज ८ दलीय बैठक बस्दै

आज ८ दलीय बैठक बस्दै

काठमाडौँ, २१ फागुन । ८ दलीय बैठक आइतबार बस्ने भएकाे छ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।

बैठकमा बस्दै पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल हुनेछ।

साथै सरकारमा सहभागी हुने विषयमा पनि छलफल गरिने बताइएको छ। नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिइसकेका छन्।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा  एमालेबाट सुवास नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। पाैडेललाई आठ दलीय गठबन्धनकाे साथ छ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्