nepal ahile circle final NEW

धनुषामा ८ महिना भित्र ६४५ फरार अभियुक्त पक्राउ

गाँजा मुद्धाका फरार लावती झापा कारागार चलान

जनकपुर, २० फागुन । धनुषा प्रहरीले  गत साउन देखी १८ फागुनसम्म ६ सय ४५ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार एकैदिन विभिन्न मुद्दाका २७ जना फरार प्रतिवादी पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या झन्डै सात सय पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गर्दा यती धेरै संख्यामा फरार रहदैँ आएकाहरु पक्राउ परेका हुन ।

उनका अनुसार यसका लागि एक जना प्रहरी निरीक्षकको नेतृत्वमा फरार प्रतिवादी खोजतलास टोली नै खटाइएको छ। उनका अनुसार बिभिन्न प्रहरी चौकीबाट पनि जनशक्ति परिचालन गरिएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्