nepal ahile circle final NEW

जुम्लामा १३ घार मौरीसहित १ घर जलेर नष्ट

लमजुङमा आगलागीमा परी ९१ वर्षीया वृद्धाको मृत्यु

जुम्ला,१९ फागुन । जुम्लाको तिला गाउँपालिका – ४ नुवाकोट गाउँको महादेवस्थानमा आगलागी हुँदा १३ घार मौरीसहित घर नष्ट भएको छ । गएराति १ बजे भएको आगलागीबाट नुवाकोट गाउँ निवासी लालबहादुर हमालको घर र १३ घारमा भएको मौरी पूर्णरुपले नष्ट भएको हो ।

पीडित घरधनी हमालले १३ घार मौरी, एक तोला सुन र ६५ हजार नगद जलेर नष्ट भएको बताए। उनका अनुसार मानवीय क्षति भने भएको छैन ।

आम्दानीको मूल स्रोत मौरी नष्ट भएपछि भने जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता सृजना भएको पीडित हमालले दुखेसो व्यक्त गरे।आगलागीबाट २ लाख ६० हजार बराबरको मौरी नष्ट भएको छ ।

अहिले बजारमा महको प्रति केजी २ हजारमा बिक्री वितरण भइरहेको छ। घटनाको स्थलगत क्षतिको विवरण लिन तिला गाउँपालिका कुडारीस्थित प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्