nepal ahile circle final NEW

पैसा सापटीको पीडा गीत मार्फत बाहिरियो

पैसा सापटीको पीडा गीत मार्फत बाहिरियो

काठमाडौँ, १८ फागुन । समस्यामा पर्नेहरुलाई पैसा सापटी दिएर उल्टै समस्या भोग्नेहरुको पीडा समेटिएको गीत सार्वजनिक भएको छ ।

गायक बद्री पंगेनीले यस्तै पीडा भोगेका आम मान्छेको समस्यालाई सन्देशमूलक विषय बनाएर नयाँ गीत ल्याएका हुन् ।

‘पैसा सापटी’ बोलको म्युजिक भिडिओको पैसा सापटी लिनुभन्दा अघि र लिएपछिको अवस्थालाई चित्रण गरिएको छ ।

अनेक बहाना र समस्या देखाएर पैसा सापटी लिने, तर पैसा हात परेपछि दुःख दिनेहरुको चरित्र गीतमा उतारिएको छ ।

गीतमा पैसा सापटी दिएका कारण सम्बन्ध बिग्रिएको र पैसा सापटी दिनेहरु नै प्रहरी फन्दामा परेको घटना देखाइएको छ । पंगेनीको आफ्नै शब्द र संगीतमा रहेको यो गीतमा गायिका रचना रिमालले साथ दिएकी छिन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्