nepal ahile circle final NEW

बाजुरामा भूकम्पको धक्का महसुस

बाजुरा केन्द्रविन्दु पारेर गयो ५.२ रेक्टरको भुइँचालो

काठमाडौं, १० फागुन । बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार दिउँसो १ः४५ बजे ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको हो।

केन्द्रका अनुसार बाजुराको बिछ्या आसपास केन्द्र बनाएर भूकम्प गएको हो। छिमेकी अछाम, बझाङ र डोटीमा समेत भूकम्पको धक्का महसुस गरिएको  छ।

यसअघि पनि बाजुरामा भूकम्प गएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण संकलन हुँदै गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्