nepal ahile circle final NEW

कर्णाली अस्पतालवाट ४ हजार बढीकाे मेघा अपरेशन, जुम्लाबाहिरका पनि बिरामी आउन थाले

कर्णाली अस्पतालवाट ४ हजार बढीकाे मेघा अपरेशन, जुम्लाबाहिरका पनि बिरामी आउन थाले

जुम्ला, ८ फागुन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले ४ हजार भन्दा बढी मेजर अपरेशन गर्न सफल भएको छ ।

प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाकाअनुसार ०७१ सालमा सेवा सुरु गरेको प्रसुति सेवा मात्रै चालु आर्थिक वर्षको पुससम्म ७ हजार १ सय १९ गर्भवती महिलाले लिएका छन् ।

सो अस्पतालवाट ३ लाख ८० हजार ६ सय ५३ जनाले बहिरंग सेवा लिएका छन भने ३२ हजार ७ सय ४० जनाले अन्तरंग सेवामा भर्ना भएर उपचार गराएका छन ।

४८ हजार ३ सय बिरामीलाइ आकस्मिक सेवा दिएको कर्णाली अस्पतालले  ४ हजार ३ सय ८५ वटा मेजर अपरेसन सफल पारे पछि वरपरका जिल्लावाट बिरामी उपचारका लागि आउने क्रम बढेको छ ।

सुरुका वर्षहरूमा जुम्लाका मात्र सेवाग्राहीले सेवा लिने गरेकामा विस्तारै मुगु, कालिकोट, बाजुरालगायत जिल्लाका हिमाली भेगवाट पनि बिरामी आएर उपचार गर्ने क्रम बढदै गएको बुढाले जानकारी दिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्