nepal ahile circle final NEW

आगो तापिरहेकी ८३ वर्षीया वृद्धको जलेर मृत्यु

मेयर उम्मेदवार गौतमको सवारीसाधन आगजानी गर्नेलाई कारबाही गर्न राप्रपाको माग

रेसुङ्गा, ७ फागुन । आगोमा जलेर गुल्मीका ८३ वर्षीया महिलाको मृत्यु भएको छ ।

गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए।

आज आइतबार उखु पेलेर निस्किएको चोयाको आगो तापेर बसिरहेकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकी जङ्ग खत्रीले जानकारी दिए।

घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा–१ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए।

पाल्पा अस्पतालले औपचारिक मृत्युको घोषणा गरेपछि मृतक खत्रीको रिडीमा अन्त्येष्टिको तयारी गरिएको वडाध्यक्ष खत्रीले बताए।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्