nepal ahile circle final NEW

संगीतकार शिखर सन्तोषको ‘तुही तो है’ सार्वजनिक

संगीतकार शिखर सन्तोषको ‘तुही तो है’ सार्वजनिक

काठमाडौं, ३ फागुन । संगीतकार शिखर सन्तोषको ‘तुही तो है’ नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

नेपाली, हिन्दीसहित विभिन्न भाषाका गीतमा संगीत भर्दै आएका उनले हालै हिन्दी भाषाको ‘तुही तो है’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

शिखर सन्तोषको संगीत रहेको उक्त गीतमा हरमान नाजिमको स्वर रहेको छ । जसमा सुमन पाण्डेको शब्द सृजना रहेको छ । नितिन चन्दले निर्देशन र सम्पादन गरेको उक्त गीतको भिडियोमा अशु यादव र उपसना राथको अभिनय छ ।

संगीतकार शिखरले चर्चित गायिका लता मंगेशकरलगायतसँग काम गरिसकेका छन् । लता मंगेशकरसँग काम गरेपछि उनले इन्डियन आइडल फेम पवनदीप राजन र अरुणिता काञ्जिलालसँग सहकार्य गरेका थिए ।

उनले विभिन्न भाषाका म्युजिक भिडियो तथा चलचित्रमा संगीत भरेका छन् ।

भिडियाे लिंक

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्