nepal ahile circle final NEW

स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागी गराउन माग

स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागी गराउन माग

काठमाडौँ, २ फागुन । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ५० प्रतिशत महिला सहभागी गराउन माग गरेको छ ।

आज अनेरास्ववियुका महासचिव आरती लामाले त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै ५० प्रतिशत महिला सहभागी गराउन माग गरेका हुन् ।

ज्ञापनपत्रमा संविधानले हरेक क्षेत्रमा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित गरेको उल्लेख गर्दै स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला अनिवार्य सहभागी गराउन भनिएको छ ।

त्रिविले आगामी चैत ५ गते त्रिविका देशभरका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ । त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गरिन थालिएको हो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्