nepal ahile circle final NEW

संसदीय अभिलेख व्यवस्थापनमा सभामुखको चासो

संसदीय अभिलेख व्यवस्थापनमा सभामुखको चासो

काठमाडौं, २ फागुन । सभामुख देवराज घिमिरेले संघीय संसदको अभिलेख व्यवस्थापनमा चासो लिएका छन् ।

मंगलबार संघीय संसदको पुस्तकालय निरीक्षण गर्दै उनले संसदीय अभिलेख र संग्रहालयलाई व्यवस्थित बनाउन निर्देशन दिए । उनले पुस्तकालयलाई सरल र व्यस्थित बनाउँदै अटोमेशनबाट सञ्चालन गर्ने कार्ययोजना बनाउन समेत निर्देशन दिए ।

सभामुख घिमिरेले संविधान निर्माणका क्रममा भएका गतिविधि र दस्तावेजलाई डिजिटल प्रविधियुक्त बनाइ अध्ययन अनुसन्धानमा सहजता अपनाइदिन पुस्तकालय शाखालाई निर्देशन दिए । उनले संसद् संग्रहालयको समेत निरीक्षण गरे ।

सभामुख घिमिरेसँगै संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतम, सचिवालय सचिवहरु सुदर्शन खड्का, डा. रोजनाथ पाण्डे लगायत पुस्तकालयको निरीक्षणमा सहभागी थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्