nepal ahile circle final NEW

अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २५ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुरको बालकोट पुगेका छन् ।

पछिल्लो राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज सुदूरपश्चिमक प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यक्रम छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएमा सुदूरपश्चिम सरकार विस्तार नहुँदै ढल्नेछ ।

रास्वपालाई सरकारमा सहभागी गराउने र सुदूरपश्चिम सरकारलाई जोगाउने तयारी साथ दुई नेताबीच छलफल हुन लागेको बताइएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्